नापोलीसँग युभेन्टस पराजित
काठमाडौं, माघ १३ : इटालियन सिरी ए मा नापोलीसँग युभेन्टस पराजित भएको छ । नापोलीको मैदानमा सम्पन्न खेलमा घरेलु टिमले युभेन्टसलाई दुई–एक गोल अन्तरल....

काठमाडौं, माघ १३ : इटालियन सिरी ए मा नापोलीसँग युभेन्टस पराजित भएको छ । नापोलीको मैदानमा सम्पन्न खेलमा घरेलु टिमले युभेन्टसलाई दुई–एक गोल अन्तरले पराजित गर्यो ।
युभेन्टसलाई कडा टक्कर दिएको नापोलीले ६३ औँ मिनेटमा पिटर जिलिन्स्कीको गोल मार्फत अग्रता लियो । त्यसको केही समयपछि युभेन्टसले बराबरी गर्ने मौका पाएको थियो । तर गोञ्जालो हिग्वेनको बाइसाइकल किक गोलकिपर एलेक्स मेरेटले बचाएका थिए ।
लोरेन्जो इन्सिग्नेले खेलको ८६औँ मिनेटमा गोल गर्दा नापोलीले अग्रता दोब्बर बनायो । ९०औँ मिनेटमा रोनाल्डोले गोल गरे पनि हार भने टार्न सकेनन् । इटालियन सिरी ए मा रोनाल्डो लगातार आठ खेलमा गोल गर्ने खेलाडी बनेका छन् ।
पराजयपछि पनि युभेन्टसले तीन अङ्कको अग्रता कायम राखेको छ । युभेन्टसको ५१ अङ्क छ भने दोस्रो स्थानको इन्टरमिलानको ४८ अङ्क छ । इन्टर मिलान काग्लिअरीसँग बराबरीमा रोकिएको थियो । नापोली भने २७ अङ्कसहित १०औँ स्थानमा छ ।











