Kathmandu Press

प्रधानमन्त्रीलाई कारबाही गर्न रास्वपाको माग

प्रधानमन्त्रीलाई कारबाही गर्न रास्वपाको माग

काठमाडौं, वैशाख ७ : राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि कारबाहीको माग गरेको छ । प्रधानमन्त्रीले निर्वाचनको समयमा आचार संहिता उल्लंघन गरेको भन्दै कारबाही गर्न माग गरेको हो ।

रास्वपाका जिल्ला उपसंयोजक सूर्यमणि पौडेलले प्रधानमन्त्रीले निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै कारबाही गर्न माग गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पत्र बुझाएका हुन् ।

गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईको प्रचार प्रसार र समर्थनका लागि प्रधानमन्त्रीले नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी वैशाख ६ गते तनहुँको बन्दीपुर डुम्रे बजारमा चुनावी सभामा सम्बोधन गरेका थिए ।

सम्बोधनमा उनले गठबन्धनका उम्मेदवारलाई जिताए मन्त्री बनाउने आश्वसन दिएका थिए ।

प्रकाशित मिति: १८:३१ बजे, बिहीबार, वैशाख ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्