Kathmandu Press

बारा पुगेर प्रचण्डले भने– गाँठो फुकाउने राष्ट्रपति पाएका छौं, नागरिकताको समस्या समाधान हुन्छ

‘यसपटक गाँठो पार्ने होइन, गाँठो फुकाउने राष्ट्रपति पाएका छौं । त्यसैले नागरिकताको समस्या छिट्टै समाधान हुनेछ। नागरिकता समस्या मधेशको मात्र समस्या होइन, देशको समस्या हो । यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गरिनेछ।’
बारा पुगेर प्रचण्डले भने– गाँठो फुकाउने राष्ट्रपति पाएका छौं, नागरिकताको समस्या समाधान हुन्छ

काठमाडौं, वैशाख ७ : प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यसपालि नागरिकताको समस्या समाधान हुने आश्वासन दिएका छन्।  

बिहीबार सत्ता गठबन्धनले बाराको गडीमाइमा आयोजना गरेकाे चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले गाँठो फुकाउने राष्ट्रपति पाएकाले नागरिकता समस्या समाधान हुने बताए।

बारा निर्वाचन २ बाट वैशाख १०मा हुने उपनिर्वाचनमा गठबन्धनबाट  समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन्।

प्रधानमन्त्री दाहालले भने, ‘यसपटक गाँठो पार्ने होइन, गाँठो फुकाउने राष्ट्रपति पाएका छौं । त्यसैले नागरिकताको समस्या छिट्टै समाधान हुनेछ। नागरिकता समस्या मधेशको मात्र समस्या होइन, देशको समस्या हो । यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गरिनेछ।’

यस्तै उनले गढीमाईलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल गर्ने पनि बताउँदै त्यसका लागि गढीमाई विकास समिति बनाएर संरक्षण र प्रवर्द्धन गर्ने उल्लेख गरे।

कोभिडको बेला बन्द भएको नाका खाेल्ने र विद्युतीय सिंचाइ प्रणालीमार्फत् सिंचाइँको व्यवस्था गरिने बताउँदै उनले उपेन्द्र यादवकाे नेतृत्वमा यस क्षेत्रको विकासका लागि सरकारले विशेष ध्यान प्रतिबद्धता जनाए। 

उनले उपेन्द्र यादव देशको नेता भएको र संसद्का लागि पनि चाहिने नेता भएको दाबी गरेका छन् । साथै उपेन्द्र यादवको जित नै समग्र मधेशको जित हुने प्रधानमन्त्री दाहालले जिकिर गरे।

प्रकाशित मिति: १७:०४ बजे, बिहीबार, वैशाख ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्