यी हुन् बजेट बनाउने विज्ञ समूहका अर्थविद्

काठमाडौं, वैशाख ७ : अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटको लागि विज्ञ समूह गठन गरेका छन् ।
विज्ञ समूहमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेल, राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्ट र अर्थविद् डा.पोषराज पाण्डे छन् ।
विश्व पौडेललाई अर्थमन्त्रालयको प्रमुख सल्लाहकारको रुपमा समेत नियुक्त गरिएको अर्थमन्त्री महतको सचिवालयले जानकारी गराएको छ ।
पौडेल मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा चितवन-१ बाट उम्मेदवार बनेका थिए । अर्थमन्त्री महतले आगामी बजेटबाट केही नीतिगत सुधारका साथै बजेटलाई यथार्थपकर बनाउने प्रयास गर्ने बताएका छन् ।
संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ। यसअघि महतले सह सचिव भुपाल बरालको नेतृत्वमा बजेट लेखन समिति बनाएका छन् ।
प्रकाशित मिति: १५:५४ बजे, बिहीबार, वैशाख ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











