लागुऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै व्युरोले लागु औषध कोकिन १ केजी ८० ग्राम सहित भारतीय नागरिक रविन्द्र कुमार र केन्याका नागरिक पिलिसिया वान्जालाई पक्राउ गरेको जनाएको हो।
काठमाडाैं, वैशाख ७ : नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले लागुऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ गरेको छ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै व्युरोले लागु औषध कोकिन १ केजी ८० ग्राम सहित भारतीय नागरिक रविन्द्र कुमार र केन्याका नागरिक पिलिसिया वान्जालाई पक्राउ गरेको जनाएको हो।
काठमाडौं वडा नंवर १७ मा रहेको एक होटलमा रहेका भारतीय नागरिकको साथमा रहेको कालो रंगको कपडाको झोलाभित्र लागु औषध कोकिन फेला परेको र घटनाको थप अनुसन्धान गर्दा इथोपियाबाट काठमाडौंसम्म ल्याई भारतीय नागरिकलाई कोकिन दिने केन्याका नागरिकलाई एक हजार अमेरिकी डलरसहित अर्को होटलबाट पक्राउ गरिएको व्युरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए। बरामद लागु औषध कोकिनको अन्दाजी अवैध बजार मुल्य दुई करोड तेत्तिस लाख रहेको उहाले बताए।
काठमाडाैं जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भईरहेको व्युरोले जनाएको छ।