Kathmandu Press

लिम्बू समुदायको संस्कृति ‘जारी’

जारी प्रथासँग सम्बन्धित चलचित्रमार्फत कवि/कथाकार उपेन्द्र सुब्बा निर्देशक बनेका छन्। ‘कब्बडी’का शृङ्खलामार्फत लेखनमा सक्रिय निर्देशक सुब्बाले आफ्नो समुदायको कथा भन्नुपर्छ भन्ने लागेपछि चलचित्र निर्देशन गरेको जानकारी काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा दिए। 
लिम्बू समुदायको संस्कृति ‘जारी’

काठमाडाैं, वैशाख ७ : यही वैशाख १ गतेदेखि प्रदर्शनरत लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ मा श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमान्को कथा प्रस्तुत गरिएको छ।

जारी प्रथासँग सम्बन्धित चलचित्रमार्फत कवि/कथाकार उपेन्द्र सुब्बा निर्देशक बनेका छन्। ‘कब्बडी’का शृङ्खलामार्फत लेखनमा सक्रिय निर्देशक सुब्बाले आफ्नो समुदायको कथा भन्नुपर्छ भन्ने लागेपछि चलचित्र निर्देशन गरेको जानकारी काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा दिए। 

Hardik ivf

'महिला आँटिला र साहसिला हुन्छन्। स्वाभिमानी छन् र आत्मसम्मान चाहन्छन्, श्रीमती भएँ भन्दैमा सम्मानबिना बस्दैनन्,' निर्देशक सुब्बाले भने। महिलालाई आफ्नो जीवनसाथी छनोट गर्ने आत्म निर्णयको सुविधा लिम्बूवानमा रहनुको अर्थ दोस्रो बिहे गर्छन् भन्ने नबुझ्न आग्रहसमेत उनले गरे।

'लिम्बू समुदायमा बिहेमा पतिले वचनका साथ सिक्का (युप्पारुङ) दिइने चलनमा आधारित छ। त्यो युप्पारुङमा चेलीको आत्मनिर्णयको अधिकार समाहित हुन्छ,' निर्देशक सुब्बाले भने, 'कथा त जारीकै हो। तर हामीले युप्पारुङको महत्वबाट देखाएका छौं। जारी राख्दा सजिलै बुझ्ने भएकाले नाम त्यो राखिएको हो।'

अभिनेता दयाहाङ राईले कथा पढ्दा नै उत्कृष्ट चलचित्र बन्ने विश्वास जागेको जानकारी दिए। 'मेरो पात्रबारे कथामै स्पष्ट थियो। मेरो पात्र मायालु, रिसाहा, जिम्मेवार सबै छ। त्यसैले यो सम्पूर्ण भाव एउटै दृश्यमा ल्याउन सक्छु कि सक्दिनँ भन्ने पनि नलागेको होइन,' अभिनेता राईले भने, 'मेरो पात्रलाई जीवन्त बनाउन केही लिम्बू साथीसँग सल्लाह लिएँ, छलफल गरे। सांस्कृतिक हिसाबले पनि मलाई अभिनय गर्न धेरै सहज भयो।'

अभिनेता राईले निर्देशक सुब्बासँग ‘कबड्डी’देखि नै सहकार्य गरिरहेका छन्। त्यो समयमा पटकथाकारको दायित्व निर्वाह गर्दा नै निर्देशक सुब्बाले चलचित्र बनाउने योजना सुनाएको अभिनेता राईले सम्झिए। 'एकैपटक लेखिएको पटकथा ल्याएर मलाई दिनुभयो। मैले उहाँले बनाउन खोजेको चलचित्रलाई कथामा स्पष्ट देखें। मलाई यसमा काम गर्नुपर्छ भन्ने लागेर समय निकालेर गरेको हुँ,' उनले भने। 

अभिनेत्री मिरुना मगरले आफूभन्दा भिन्न जीवन बाँचेको बताइन्। 'मैले काम गरिरहेको चलचित्रको चरित्र र चाहना फरक थियो। म यो समूहले कथा लेखिएको पात्रलाई पर्दासम्म कसरी ल्याएर जीवन्त बनाउँछन् भन्ने सोच्थे र काम गर्ने इच्छा थियो,' अभिनेत्री मगरले भनिन्, 'बनावटी स्वरूपभन्दा यसमा प्राकृतिक सुन्दरतामा प्रस्तुत भएकी छु। पात्रलाई महसुस गरें। बुझ्न पाएँ।'

अभिनेता विजय बरालले लिम्बू समुदायअनुसारको चरित्रमा तयार हुँदा केही कठिनाइ भएको बताए। 'म तराईको मान्छे, मधेस बुझेको छु। तर यहाँ लिम्बू देखिनु र बोल्नुपर्ने। मेहनत गरेर आफ्नो चरित्र तयार गरे। मलाई निर्देशक सुब्बाले सघाउनुभयो,' अभिनेता बरालले भने। बक्सअफिसमा राम्रो व्यापार गरिरहेको चलचित्रले दर्शक प्रतिक्रिया पनि राम्रो बटुलिरहेको छ। 

प्रकाशित मिति: १५:१४ बजे, बिहीबार, वैशाख ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्