Kathmandu Press

बेलिब्रिज भाँचिएकाे घटना : थप एककाे मृत्यु, ७ को अवस्था चिन्ताजनक 

जाजरकोट-डोल्पा सडक खण्डअन्तर्गत जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको आठबीसकोट जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदागरिरहेका दुई जना श्रमिकको ज्यान गएको  नलगाढ नगरपालिकाका मेयर डम्बर बहादुर रावतले काठमाडौंप्रेसलाई जानकारी दिए ।
बेलिब्रिज भाँचिएकाे घटना : थप एककाे मृत्यु, ७ को अवस्था चिन्ताजनक 

काठमाडौं, वैशाख ७ : जाजरकोट र रुकुम पश्चिम जोड्ने भेरी नदीको बन्दै गरेको बेलिब्रिज भाँचिदा २ जनाको मृत्यु भएको छ । ७ जना कामदारहरु गम्बिर घाइते भएका छन् । 

जाजरकोट-डोल्पा सडक खण्डअन्तर्गत जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको आठबीसकोट जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदागरिरहेका दुई जना श्रमिकको ज्यान गएको  नलगाढ नगरपालिकाका मेयर डम्बर बहादुर रावतले काठमाडौंप्रेसलाई जानकारी दिए । नगरपालिकाका मेयर राउतका अनुसार मृत्यु हुने २ जना र घाइते भएका सातै जना वर्दिया जिल्लाको बुलरियाका बासिन्दा रहेको खुलेको छ । 

घाइतेहरूको अवस्था गम्भीर भएकाले हेलिकोप्टर मगाएर नेपालगञ्ज पुर्‍याउने तयारी भइरहेको छ । घाइतेहरूको उपचार स्थानीय स्वास्थ्य संस्थामा उपाचार भइरहेको छ । त्यस्तै बेपत्ताहरूको पनि खोजीकार्य जारी रहेको बताइएको छ ।

केही बेरअघि कामदारहरूले काम गरिरहेकै अवस्थामा पुल भाचिएको हो । बेलिब्रिज भेरी करिडोर अन्तर्गत जाजरकोट नलगाड नगरपालिका–१२ तल्लु रुकुम पश्चिमको आठबिसकोटमा पर्दछ । अहिले प्रहरीको टोली घटनास्थलमा पुगेर उद्दार गरिरहेको छ ।

प्रकाशित मिति: १४:५३ बजे, बिहीबार, वैशाख ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्