पाल्पा दरवार क्षेत्रका संरचना भत्काउन रोक
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले दरबार क्षेत्रका संरचना भत्काउने कार्य रोक्न जारी गरेको अन्तरिम आदेश जारी गरेको थियो ।
काठमाडौं, वैशाख ७ : ऐतिहासिक एवम् पुरातात्विक महत्वको पाल्पा दरबार क्षेत्रका संरचना भत्काउने कार्य रोकिएको छ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले दरबार क्षेत्रका संरचना भत्काउने कार्य रोक्न जारी गरेको अन्तरिम आदेश जारी गरेको थियो ।
बुटवल इजलासले दरबार परिसरका संरचना भत्काउने कार्य रोकेर छलफलका लागि उपस्थित हुन आदेश दिएको थियो।
तानसेन नगरपालिकाले दरबार परिसरका संरचना भत्काउन सुरु गरेको थियो । दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने योजनाका साथ अगाडि बढाइएको छ।
ऐतिहासिक एवम् पुरातात्विक महत्वको पाल्पा दरबार क्षेत्रका संरचना भत्काउने कार्य रोक्न परमादेशको माग राखेर तानसेन नगरपालिकाकाविरुद्ध रिट निवेदन दायर भएको थियो । उक्त रिटमा आज (विहीवार) अदालतमा छलफल हुँदैछ।
प्रकाशित मिति: १४:२९ बजे, बिहीबार, वैशाख ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











