Kathmandu Press

जाजरकोट र रुकुम पश्चिम जोड्ने भेरी नदीको बेलिब्रिज भाँचियो, एकको मृत्यु, आठ कामदार घाइते

जाजरकोट-डोल्पा सडक खण्डअन्तर्गत जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको आठबीसकोट जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदागरिरहेका एक जना श्रमिकको मृत्यु भएको हो।
जाजरकोट र रुकुम पश्चिम जोड्ने भेरी नदीको बेलिब्रिज भाँचियो, एकको मृत्यु, आठ कामदार घाइते

काठमाडौं, वैशाख ७ : जाजरकोट र रुकुम पश्चिम जोड्ने भेरी नदीको बन्दै गरेको बेलिब्रिज भाँचिदा १ जनाको मृत्यु भएको छ। ८ जना घाइते भएका छन्।

जाजरकोट-डोल्पा सडक खण्डअन्तर्गत जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको आठबीसकोट जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदागरिरहेका एक जना श्रमिकको मृत्यु भएको हो।

नलगाढ नगरपालिका १२ मा पर्ने पुल भाँचिएपछि अहिले उद्धारकार्य जारी रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरि पन्तले जानकारी दिए ।

घाइतेहरूको अवस्था गम्भीर भएकाले हेलिकोप्टर मगाएर नेपालगञ्ज पु¥याउने तयारी भइरहेको प्रजिअ पन्तले जानकारी दिए ।

घाइतेहरूको उपचार स्थानीय स्वास्थ्य संस्थामा उपाचार भइरहेको छ । त्यस्तै बेपत्ताहरूको पनि खोजीकार्य जारी रहेको बताइएको छ ।

कामदारहरूले काम गरिरहेकै अवस्थामा पुल भाचिएको हो। बेलिब्रिज भेरी करिडोर अन्तर्गत जाजरकोट नलगाड नगरपालिका–१२ तल्लु रुकुम पश्चिमको आठबिसकोटमा पर्दछ । अहिले प्रहरीको टोली घटनास्थलमा पुगेर उद्दार गरिरहेको छ ।

प्रकाशित मिति: १४:२५ बजे, बिहीबार, वैशाख ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्