Kathmandu Press

कर्णालीमा चार मन्त्रीले लिए शपथ

कर्णालीमा चार मन्त्रीले लिए शपथ

सुर्खेत, वैशाख ७ : कर्णाली प्रदेश सरकारमा नवनियुक्त चार मन्त्रीले शपथ लिएका छन्।

उनीहरूले आज (बिहीबार) प्रदेश प्रमुख तिलक परियारसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

शपथ लिनेमा नेपाली कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्री बनेका वेदराज सिंह, सामाजिक विकास मन्त्री बनेका खड्गराज पोख्रेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनेका कृष्णकुमार बिसी छन्।

यसअघि नै भौतिक पूर्वाधार राज्यमन्त्री रहेकी माओवादी केन्द्रकी उर्मिला विश्वकर्माले जलस्रोत तथा उर्जा विकास मन्त्रीका रूपमा शपथ लिइन्।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय सङ्ख्या संशोधन गरेपछि विश्वकर्मालाई मन्त्री नियुक्त गरिएको हो। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ७ मन्त्रालय कायम गर्ने निर्णय खारेज गर्दै ८ वटै कायम राखेको हो।

नेकपा एमाले-माओवादी केन्द्रबीच ८ वटा मन्त्रालय घटाएर ७ मा झार्ने सहमतिसँगै ८ माघमा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई भौतिक पूर्वाधारमा गाभ्ने निर्णय भएको थियो।

कांग्रेस केन्द्रीय नेतृत्वको दबाबमा मुख्यमन्त्री राजकुमार शर्माले नियुक्ति रोकेपछि यसअघि बुधबार दिउँसो ३ बजेका लागि तय भएकाे शपथ राेकिएकाे थियाे। बिहीबार बिहान भएको छलफलबाट नियुक्ति र शपथ गराउने सहमति भएकाे थियाे।

प्रकाशित मिति: १३:२८ बजे, बिहीबार, वैशाख ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्