Kathmandu Press

अन्नपूर्ण हिमालमा बेपत्ता भारतीय पर्वतारोही जीवितै फेला

गत सोमबारदेखि बेपत्ता ३४ वर्षीय भारतीय पर्वतारोही अनुराग मालुलाई उद्धारकर्ताले जीवितै फेला पारेको उनका दाइ सुधीरले भारतीय समाचार संस्था पिटिआईलाई जानकारी दिएका छन्।
अन्नपूर्ण हिमालमा बेपत्ता भारतीय पर्वतारोही जीवितै फेला

काठमाडौं, वैशाख ७ : अन्नपूर्ण हिमालमा बेपत्ता भएका अर्का एक भारतीय पर्वतारोही जीवितै फेला परेका छन्।

गत सोमबारदेखि बेपत्ता ३४ वर्षीय भारतीय पर्वतारोही अनुराग मालुलाई उद्धारकर्ताले जीवितै फेला पारेको उनका आफन्त सुधीर मालुले भारतीय समाचार संस्था पिटिआईलाई जानकारी दिएका छन्।

उनको स्वास्थ्य अवस्था गम्भीर रहेकाले अस्पताल लगिएको जनाइएको छ। भारतको राजस्थानमा पनेर्कि शनगढका बासिन्दा ३४ वर्षीय मालू हुन्। उनी तेस्रो शिविरबाट झर्दै गर्दा सोमबार ६ हजार मिटरको उचाइबाट खसेर हराएका थिए। ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल विश्वको १० औं अग्लो हिमाल हो ।

गत सोमबार नै बेपत्ता भएकी २७ वर्षीया भारतीय पर्वतारोही बलजित कौरलाई पनि उद्धारकर्ताले जीवितै उद्धार गरेका थिए। 

प्रकाशित मिति: १२:५८ बजे, बिहीबार, वैशाख ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्