मातातीर्थमा आमाको सम्झाना [तस्बिरहरू]
आमा नभएकाहरु भने तर्पण र पिण्ड दान गर्न काठमाडौंको थानकोट नजिकै रहेको मातातिर्थ पुग्छन्, र आमालाई सम्झिन्छन्।![मातातीर्थमा आमाको सम्झाना [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/CKK_KTM_RSS_07(1)1681969879.jpeg)
काठमाडौं, वैशाख ७ : आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी । वैशाख कृष्णपक्ष औँसीको दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनको रुपमा मनाउने चलन छ।
जन्म दिने आमालाई मीठा परिकार खुवाएर तथा राम्रा कपडा लगाउन दिएर खुशी पार्ने प्रचलन छ। त्यसैले भौगोलिक रुपमा आमाभन्दा टाढा भएकाहरु सकेसम्म आज आमालाई भेटेर सम्मान गर्छन् र आशिर्वाद लिन्छन्।
तर, आमा नभएकाहरु भने तर्पण र पिण्ड दान गर्न काठमाडौंको थानकोट नजिकै रहेको मातातिर्थ पुग्छन्, र आमालाई सम्झिन्छन्।
आमा नहुने नरनारी मातातीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को पूजा गर्छन्। आमा नभएकाहरुले सके प्रत्येक वर्ष, नसके एक पटक मातातीर्थ औंसीमा श्राद्ध गर्नुपर्ने मान्यतासमेत छ।
1681969892.jpeg)









प्रकाशित मिति: ११:३५ बजे, बिहीबार, वैशाख ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)









