भारतीय प्रधानमन्त्री मोदीद्वारा राष्ट्रपति पौडेललाई स्वास्थ्यलाभको कामना
मोदीले विदेशसचिव विनयमोहन क्वात्रामार्फत स्वास्थ्यलाभको कामना गर्दै अस्पतालमै फूलको गुच्छा पठाएका हुन् ।
काठमाडौं, वैशाख ६ : भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वास्थ्यलाभको कामना गर्दै शुभकामना व्यक्त गरेका छन्।
मोदीले विदेशसचिव विनयमोहन क्वात्रामार्फत स्वास्थ्यलाभको कामना गर्दै अस्पतालमै फूलको गुच्छा पठाएका हुन्।
राष्ट्रपति पौडेललाई थप उपचारका लागि बुधबार बिहान भारतको राजधानी नयाँ दिल्ली लगिएको थियो । उनलाई दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गरिँदैछ। राष्ट्रपति पौडेललाई एम्सको भीआईपी आईसीयूमा राखेर उपचार सुरु गरिएको भारतीय दूतावासले जनाएको छ।
यसैबीच राष्ट्रपति पौडेलको स्वास्थ्य स्थिर रहेको र उनी चिकित्सकहरूको निगरानीमा रहेको भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: २०:०५ बजे, बुधबार, वैशाख ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)









