Kathmandu Press

 प्रचण्डको उद्घोष- गोविन्दलाई जिताएर पठाउनुस्, म मन्त्री बनाउँछु 

’तपाईंहरू अलमलिनुपर्ने अवस्था छैन, गोविन्द भट्टराईलाई जिताएर पठाउनुस्, तपाईंहरूको भावनालाई, मागलाई सम्बोधन गर्न उहाँलाई मन्त्री बनाउछौं।’
 प्रचण्डको उद्घोष- गोविन्दलाई जिताएर पठाउनुस्, म मन्त्री बनाउँछु 

काठमाडौं, वैशाख  ६ :  प्रधानमन्त्री पुष्पकमल दाहाल’ले तनहुँ-१ बाट निर्वाचित भएपछि गोविन्द भट्टराईलाई मन्त्री बनाउने उद्घोष गरेका छन्।

वैशाख १० गते हुने उपनिर्वाचनमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेका भट्टराईका लागि नहुँको डुम्रेमा आयोजित चुनावी सभामा भोट माग्दै प्रधानमन्त्री दाहालले तयसो बताएका हुन्।

कार्यक्रममा बोल्दै प्रचण्डले यसअघि रामचन्द्र पौडेललाई भोट माग्दा प्रधानमन्त्री बनाउने घोषणा गरेको, तर पौडेल प्रधानमन्त्रीभन्दा पनि ठूलो पदमा पुगेको बताएका हुन्।

‘अहिले हाम्रै सरकार छ, यो उपचुनावपछि पनि सरकार हाम्रै नेतृत्वमा रहने हो । देशलाई सुशासन, शान्ति र संमृद्धितर्फ लैजाने हामीले नै हो,' उनले कार्यक्रममा भने, ‘त्यसैले तपाईंहरू अलमलिनुपर्ने अवस्था छैन, गोविन्द भट्टराईलाई जिताएर पठाउनुस्, तपाईंहरूको भावनालाई, मागलाई सम्बोधन गर्न उहाँलाई मन्त्री बनाउँछौँ ।’

प्रधानमन्त्री दाहालले कुनै पनि आँधीहुरी बतासबाट आत्तिनुपर्ने अवस्था नरहेको बताए ।

‘भ्रममा नपर्नुहोला, कहिलेकाहीं खहरे उर्लिएर आउँछ, तर छिट्टै सुक्छ । यसपटक खहरे सुक्नेवाला छ,’ प्रधानमन्त्री दाहालले भने, ‘गोविन्द भट्टराईलाई रुख चिह्नमा मतदान गर्नुहोस् । रुख चिह्न अब हामी सबैको साझा चिह्न भएको छ।’

प्रधानमन्त्री दाहालले अहिलेको गठबन्धनलाई हलुका रुपमा नबुझ्न आग्रह गरे ।

 

प्रकाशित मिति: १७:३० बजे, बुधबार, वैशाख ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्