Kathmandu Press

तनहुँ पुगेर देउवाले भने- देश निर्माणमा भानुभक्त आचार्यको योगदान पृथ्वीनारायण शाहको भन्दा कम छैन 

‘व्यास अब राष्ट्रपतिको भूमि पनि बन्यो’, देउवाले भने, ‘गोविन्द योग्य उम्मेदवार हुनुहुन्छ । उहाँ मन्त्री हुन योग्य हुनुहुन्छ, हुनुहोला पनि ’
तनहुँ पुगेर देउवाले भने- देश निर्माणमा भानुभक्त आचार्यको योगदान पृथ्वीनारायण शाहको भन्दा कम छैन 

काठमाडौं, वैशाख ६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देश निर्माणमा आदिकवि भानुभक्त आचार्यको योगदान महत्वपूर्ण रहेको  बताएका छन्।

तनहुँ क्षेत्र नम्बर १ स्थित डुम्रे बजारमा सत्ता गठबन्धनले बुधबार आयोजना गरेको चुनावी सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । 

‘देश निर्माणमा आदिकवि भानुभक्त आचार्यको योगदान पृथ्वीनारायणको भन्दा कम छैन,’ उनले भानुभक्त आचार्यको गृहजिल्ला पुगेर भने, ‘तनहुँले अब राष्ट्रपति पनि पाइसकेको छ।’

उनले ब्यास अब राष्ट्रपतिको भूमि पनि बनेको बताए। ‘व्यास अब राष्ट्रपतिको भूमि पनि बन्यो’, उनले भने, ‘गोविन्द योग्य उम्मेदवार हुनुहुन्छ । उहाँ मन्त्री हुन योग्य हुनुहुन्छ, हुनुहोला पनि।’

देउवाले भट्टराईलाई जिताउन आग्रहसहित तनहुँमा टेक्निकल विश्वविद्यालय र अस्पताल बनाउने जिम्मा आफ्नो भएको पनि बताएका छन्। 

देउवाले तनहुँमा भट्टराईलाई जिताउन आग्रह गर्दै स्थानीय जनताको मागबमोजिम टेक्निकल कलेज र अस्पताल बनाउने जिम्मा कांग्रेसले लिने बताए । ‘यो चुनावबाट जे भए पनि सरकार फेरिने होइन, अब पाँच वर्ष यही गठबन्धनको सरकार हुन्छ,’ देउवाले भने, ‘तपाईंहरूले गोविन्दजीलाई जिताउनुभयो भने तनहुँको विकासमा सहयोग पुग्छ ।’

प्रकाशित मिति: १६:५६ बजे, बुधबार, वैशाख ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्