Kathmandu Press

गोविन्द भट्टराईलाई भोट माग्न तनहुँ पुगे प्रचण्ड, देउवा र नेपाल

गोविन्द भट्टराईको पक्षमा चुनावी माहोल बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल एकै दिन तनहुँ पुगेका हुन् ।
गोविन्द भट्टराईलाई भोट माग्न तनहुँ पुगे प्रचण्ड, देउवा र नेपाल

काठमाडौ., वैशाख ६ : तनहुँ क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न शीर्ष नेता पुगेका छन् । भट्टराईको पक्षमा चुनावी माहोल बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा एकै दिन तनहुँ पुगेका हुन् । 

प्रचण्ड बुधबार बिहान गोरखाको चुम उपत्यका पुगेर एउटा गुम्बाको कार्यक्रमलाई सम्बोधनपछि हेलिकोप्टरबाट तनहुँ तरेका हुन् । उता कांग्रेस सभापति देउवा काठमाडौंबाट सिधै तनहुँ पुगेका हुन् । तनहुँ १ मा कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेका डा.स्वर्णिम वाग्लेको चुनौती चिर्न शीर्ष नेता त्यहाँ पुगेका हुन् । 

उक्त कार्यक्रमलाई सम्बोधनका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई पनि पुगेका छन् । तनहुँ १ मा कांग्रेसबाट भट्टराई, रास्वपाबाट वाग्ले र नेकपा एमालेबाट सर्वेन्द्र खनालबीच त्रिपक्षीय भिडन्त हुने अनुमान गरिएको छ । 

प्रकाशित मिति: १६:३२ बजे, बुधबार, वैशाख ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्