Kathmandu Press

यामबहादुर दुराको खोजमूलक पुस्तक ‘दुरा इतिहास र संस्कृति’ प्रकाशन

यामबहादुर दुराको खोजमूलक पुस्तक ‘दुरा इतिहास र संस्कृति’ प्रकाशन

काठमाडौं, वैशाख ६ : नेपालका अल्पसंख्यक आदिवासी जनजाति दुरा समुदायको ऐतिहासिक र सांस्कृतिक पक्षलाई समेटेर ‘दुरा इतिहास र संस्कृति’ नामक खोजमूलक पुस्तक प्रकाशन भएको छ ।

दुरा समुदायको समीक्षात्मक इतिहास, थातथलो, जनसंख्या, भाषिक पक्ष तथा जन्मदेखि मृत्युसम्मका संस्कार समेटिएको उक्त पुस्तक पत्रकार तथा लेखक यमबहादुर दुराले लेखेका हुन् । 

उक्त पुस्तकमा दुरा समुदायमा प्रचलित विश्वास प्रणाली, खाद्य संस्कृति, चाडबाड, परम्परागत ओखतीमूलो तथा उपचार पद्धति, दुरा समुदायको पहिचानसँग जोडिएका स्थाननाम, लोकजीवनका विभिन्न रोचक आयाम एवम् अमूर्त सांस्कृतिक सम्पदा आदिबारे विस्तृत चर्चा गरिएको छ । 

हालका दिनमा लगभग पाँच हजार जनसंख्या भएको अल्पसंख्यक दुरा समुदायको इतिहास र संस्कृतिबारे यो पुस्तक हालसम्मकै विस्तृत र सघन मानिएको छ । लेखक दुरा लेखनसँगै प्राध्यापन तथा शोधकार्यमा संलग्न छन् । 

प्रकाशित मिति: १५:३१ बजे, बुधबार, वैशाख ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्