जग्गाको कित्ताकाट खोल्ने निर्णय सच्याइयोस् : संसद् सुब्बा
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुब्बाले सरकारले जग्गा कित्ताकाट खुलाउँदा जग्गाको खण्डीकरण बढ्ने भन्दै निर्णय सच्याउन माग गरिन्।
काठमाडाैं, वैशाख ६ : नेकपा एमालेकी सांसद् सरस्वती सुब्बाले जग्गाको कित्ताकाट खुलाउने सरकारको निर्णय सच्याउन माग गरेकी छिन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुब्बाले सरकारले जग्गा कित्ताकाट खुलाउँदा जग्गाको खण्डीकरण बढ्ने भन्दै निर्णय सच्याउन माग गरिन्।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गर्ने निर्णय गरेको थियो।
उनले साविककै अवस्थामा जग्गा कित्ताकाट खुलाउँदा जग्गाको खण्डीकरण र खाद्य सङ्कट बढ्ने बताइन्।
‘कित्ताकाट रोक्का गरिएपछि धेरै स्थानीय तहले भूउपयोग योजना तर्जुमाल गर्न लागेका थिए। यसैबेला पुरानै अवस्थामा कित्ताकाट खोल्नु देश र वर्तमान परिवेश विपरित छ,’ उनले भनिन्, ‘यसले जमिनका खण्डीकरण बढाउँछ । कृषि भूमि समाप्त पार्ने बाटो खोल्छ।’
प्रकाशित मिति: १४:४५ बजे, बुधबार, वैशाख ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)









