Kathmandu Press

काठमाडौंको फोहर र वायुप्रदूषणको समस्या समाधान गर्न सांसद उदयशमशेरको माग

काठमाडौंको फोहर र वायुप्रदूषणको समस्या समाधान गर्न सांसद उदयशमशेरको माग

काठमाडौं, वैशाख ६ : प्रतिनिधिसभाका सांसदले राजधानी काठमाडौँ उपत्यकामा बढेको वायु प्रदूषणलगायत फोहरको समस्या समाधान गर्न माग गरेको छ । 

नेपाली काँग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य उदयशमशेर जबरा राजधानी काठमाडौँ उपत्यकामा बढेको वायु प्रदूषणलगायत फोहरको समस्या समाधान गर्न माग गरेका हुन् । 

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद जबराले काठमाडौँ उपत्यकामा वायु प्रदूषण नियन्त्रणका लागि छोटो र दीर्घकालिन समाधानको बाटो खोजिनुपर्ने बताए । 

राजधानी वरपरका वनमा डढेलो र काठमाडौँ उपत्यकामा दुई किमी सडक निर्माण गर्न चार वर्ष लाग्ने गरेकाले पनि वायु प्रदूषण र फोहर बढेको उनको भनाइ थियो । 

प्रकाशित मिति: १४:५५ बजे, बुधबार, वैशाख ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्