Kathmandu Press

पब्जी लाइभमा अभिनेता सलिनमान, भन्छन्-फिल्ममा काम गर्ने रहर मरिसक्यो

पब्जी लाइभमा अभिनेता सलिनमान, भन्छन्-फिल्ममा काम गर्ने रहर मरिसक्यो

काठमाडौं, वैशाख ६ : अभिनेता सलिनमान बनियाँले ‘ए मेरो हजुर २’मा्र्फत फिल्म क्षेत्रमा डेब्यु गरे । पहिलो फिल्मले नै उनलाई चर्चामा ल्यायो ।

त्यसपछि उनलाई एक उदाउँदो स्टारका रुपमा हेर्न थालिएका थियो । तर उनको दोस्रो फिल्म ‘यात्रा’ बक्स अफिसमा सफल हुन सकेन । त्यसयता सलिनमानलाई कुनैपनि फिल्ममा देखिएको छैन ।

Hardik ivf

यतिबेला उनी भिडियो गेम पब्जी खेलेर समय बिताइरहेका छन् । पब्जी लाइभमा उनी फ्यानसँग कुराकानी पनि गर्छन् । फिल्ममा फर्कनेबारे पब्जी लाइभमै उनलाई फ्यानले प्रश्न सोध्छन् । उनले फ्यानसँग गुनासो गर्दै भन्ने गरेका छन्, ‘राम्रो कथा भएको फिल्मबाट अफर नै आएन।’

नेपाली फिल्मको कथावस्तु पुरानै शैलीको रहेको भन्दै उनले आफूलाई फिल्ममा काम गर्न मन नलागेको पनि बताएका छन् । आफ्नो नयाँ फिल्म कहिले आउँछ भन्नेमा आफैलाइ थाहा नभएको बताउँदै उनले ‘ए मेरो हजुर २’ हेरेर चित्त बुझाउन समेत फ्यानलाई आग्रह गरे ।

प्रकाशित मिति: १३:१५ बजे, बुधबार, वैशाख ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्