Kathmandu Press

शवयात्रासहित शनिबार पदमको अन्त्येष्टि गरिने

मृत्यु भएको २९ दिनपछि पदमको अन्त्यष्टि हुन लागेको हो। शवयात्रासहित पदमको अन्त्यष्टि गरिने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी केन्द्रीय उपाध्यक्ष विष्णु तुम्बाहाङ्फेले बताइन्।
शवयात्रासहित शनिबार पदमको अन्त्येष्टि गरिने

विराटनगर, वैशाख ६ : कोशी प्रदेशको नामाकरणको विरोध प्रदर्शनका क्रममा मृत्यु भएका पदम लिम्बूको अन्त्येष्टि शनिबार गरिएको छ। आन्दोलनका क्रममा घाइते भएका पदमको चैत १० गते उपचारका क्रममा मृत्यु भएको थियो।

मृत्यु भएको २९ दिनपछि पदमको अन्त्यष्टि हुन लागेको हो। शवयात्रासहित पदमको अन्त्यष्टि गरिने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी केन्द्रीय उपाध्यक्ष विष्णु तुम्बाहाङ्फेले बताइन्।

अन्त्येष्टि अघि सहिद पदमको शवलाई अन्तिम श्रदान्जलीका लागि सुनसरीको धरान, इटहरी र विराटनगरमा राखिने पनि उनले बताइन्।

मुख्यमन्त्री कार्यालय विराटनगर अगाडि केही समय श्रदाञ्जलीका लागि शव राखेर बेलबारीमा लगेर अन्त्येष्टि गर्ने तयारी रहेको उनले बताइन् । धरान बस्दै आएका लिम्बुको घर मोरङको बेलबारी–२ लालभित्तीमा हो।

सरकारले गत २४ चैत पदमलाई सहिद घोषणा गर्दै उनको परिवारलाई १० लाख राहत दिने निर्णय गरेको थियो।

प्रकाशित मिति: १३:१४ बजे, बुधबार, वैशाख ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्