Kathmandu Press

राष्ट्रिय सभा अध्यक्षसहितको टिम रुस प्रस्थान

भ्रमणका क्रममा दुवै सदनका प्रमुख र त्यहाँका सरकारी उच्च अधिकारीसँग र व्यावसायिक व्यक्तित्वहरूसहित ९ जना उच्चस्तरीय व्यक्तित्वहरूसँग भेट गर्ने कार्यसूची छ।
राष्ट्रिय सभा अध्यक्षसहितको टिम रुस प्रस्थान

काठमाडौं, वैशाख ६ : राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको ८ सदस्यीय प्रतिनिधि मण्डल रुस प्रस्थान गरेको छ।

अध्यक्ष तिमिल्सिनासहित सदस्यहरु वामदेव गौतम, रमेशजंग रायमाझी, दिलकुमारी थापा रावल, पार्वतीलगायतको ८ सदस्यीय टिम बुधबार बिहान रुस प्रस्थान गरेको हो।

भ्रमणमा उच्चस्तरीय भेटघाट र दुई देशका सांसदबीच सम्झौता हुने प्रस्थान गर्नुअघि अध्यक्ष तिमिल्सिनाले बताए । उनले दुई देशको संसदीय गतिविधिको बारेमा जानकारी गराउने, भ्रमणको आदान प्रदान गर्ने, संसद्लाई प्रभावकारी बनाउन एक अर्काबीच सिक्ने कुराहरू उल्लेख हुने बताए।

भ्रमणका क्रममा दुवै सदनका प्रमुख र त्यहाँका सरकारी उच्च अधिकारीसँग र व्यावसायिक व्यक्तित्वहरूसहित ९ जना उच्चस्तरीय व्यक्तित्वहरूसँग भेट गर्ने कार्यसूची छ।

राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा रुस प्रस्थान गरेको ८ सदस्यीय भ्रमणकारी टोली वैशाख १२ गते दिउँसो स्वदेश फर्किने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति: १२:१५ बजे, बुधबार, वैशाख ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्