चौथाइवाले र एमाले अध्यक्ष ओलीबीच भेट
मंगलबार चौथाइवालेले प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई छुट्टाछुट्टै भेटेका थिए।
काठमाडौं, वैशाख ६ : नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले बुधबार एमालेका अध्यक्ष केपी ओलीलाई भेटेका छन्।
भेटमा नेपालको समसामयिक राजनीतिलगायत अन्य विषयमा कुराकानी भएको बताइएको छ।
यसअघि मंगलबार चौथाइवालेले प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई छुट्टाछुट्टै भेटेका थिए।
चौथाइवालेको बुधबार पनि नेपालमा राजनीतिक भेटवार्तामा व्यस्त रहने कार्यक्रम छ । उनी बिहीबार नयाँ दिल्ली फर्कनेछन् ।
उनी वैशाख ३ गते धनगढीमा भएको मानसखण्ड सम्मेलन समापन समारोहमा सहभागी हुन सडकमार्गबाट नेपाल आएका थिए। उनी त्यसपछि काठमाडौं काठमाडौं आएका हुन् ।
प्रकाशित मिति: १२:०७ बजे, बुधबार, वैशाख ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)









