बिहीबार ६ घण्टा त्रिभुवन विमानस्थल बन्द हुने
बुधबार राति १ बजेदेखि बिहीबार बिहान ७ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा कुनै पनि उडान हुनेछैन।
काठमाडाैं, वैशाख ६ : हात्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहीबार ६ घण्टा बन्द हुने भएको छ। बुधबार राति १ बजेदेखि बिहीबार बिहान ७ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा कुनै पनि उडान हुनेछैन।
विमानस्थलको विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउने क्रममा अनलाइन यूपिएस जडान गर्ने काम भइरहेकाले उडान बन्द गरिएको विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीले जानकारी दिए।
सो समयमा उडान गर्ने यात्रुले आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी व्यवस्था मिलाउन समेत विमानस्थलले यात्रुसँग अनुरोध गरेको छ।
प्रकाशित मिति: ११:४४ बजे, बुधबार, वैशाख ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)









