Kathmandu Press

संवैधानिक परिषद् बैठक निष्कर्षबिहीन, अर्को बैठकले प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय गर्ने

बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल भएको तर कुनै निर्णय हुन नसकेको बताए ।
संवैधानिक परिषद् बैठक निष्कर्षबिहीन, अर्को बैठकले प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय गर्ने

काठमाडौं, वैशाख ६ : बुधबार बिहान बसेको संवैधानिक परिषद् बैठक निष्कर्षबिहीन बनेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा प्रधानन्यायाधीश नियुक्तिका विषयमा छफपल भएपनि कुनै निष्कर्ष नआएको बताइएको छ।

बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल भएको तर कुनै निर्णय हुन नसकेको बताए ।

अर्को बैठकले प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय गर्ने उनले बताए। तर, अर्को बैठकको मिति भने तय भएको छैन।

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा भएको बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवं रक्षा तथा कानुन, न्याय र संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी थिए।

वैशाख ४ गते नेकपा एमाले अध्यक्ष ओलीको निजी निवासमा बसेको प्रमुख तीन दलबीचको बैठकले संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने सहमति भएको थियो।

चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि प्रधानन्यायाधीश पद रिक्त छ । हाल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की छन्।

प्रकाशित मिति: १०:३६ बजे, बुधबार, वैशाख ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्