Kathmandu Press

एयर एम्बुलेन्समार्फत राष्ट्रपति पौडेललाई दिल्ली लगियो

मंगलबार बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार नदेखिएपछि थप उपचारका लागि नयाँदिल्लीको एम्स अस्पताल लगिएको हो।
एयर एम्बुलेन्समार्फत राष्ट्रपति पौडेललाई दिल्ली लगियो

काठमाडौं, वैशाख ६ : राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका दिल्ली लगिएको छ। राष्ट्रपति पौडेललाई बुधबार बिहान श्री एयरलाइन्सको एयर एम्बुलेन्स मार्फत् नयाँदिल्ली लगिएको हो ।

मंगलबार बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार नदेखिएपछि थप उपचारका लागि नयाँदिल्लीको एम्स अस्पताल लगिएको हो।

राष्ट्रपति पौडेलसँगै त्रिवि शिक्षण अस्पतालका दुई चिकित्सक र एक नर्स पनि भारत गएका छन्।

यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए। त्यसको फलोअपका लागि उनी सोमबार पुनः अस्पताल पुगेका थिए ।

इन्फेक्सन नघटेको पाइएपछि उनलाई भारत लगेर उपचार गराउन चिकित्सकहरुले सुझाव दिएका थिए।

प्रकाशित मिति: १०:५३ बजे, बुधबार, वैशाख ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्