Kathmandu Press

थप उपचारका लागि राष्ट्रपति पौडेललाई दिल्ली लगिदै

स्वास्थ्य समस्यापछि मंगलबार शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएका राष्ट्रपति पौडेलको छातीको संक्रमण कम नभएपछि थप उपचारका लागि भारत लैजान लागिएको हो ।
थप उपचारका लागि राष्ट्रपति पौडेललाई दिल्ली लगिदै

काठमाडौं, वैशाख ६ : राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लैजान तयारी थालिएको छ ।

स्वास्थ्य समस्यापछि मंगलबार शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएका राष्ट्रपति पौडेलको छातीको संक्रमण कम नभएपछि थप उपचारका लागि भारत लैजान लागिएको हो ।

त्रिवि शिक्षण अस्पतालका प्रशासन प्रमुख वैकुण्ठ थपलियाका अनुसार चिकित्सक र परिवारको परामर्शपछि बुधबार एयर एम्बुलेन्समार्फत भारत लैजाने तयारी भइरहेको छ ।

लामो समय औषधि सेवन गर्दा पनि छातीको संक्रमण कम नभएपछि उपचारमा संलग्न चिकित्सकले थप उपचारका लागि भारत लैजना सुझाएको राष्ट्रपति पौडलेको सचिवालयले जनाएको छ ।

सोमबारमात्रै फलोअपका लागि अस्पताल पुगेर घर फर्किएका पौडेल फेरि छातीमा समस्या देखिएपछि मंगलबार शिक्षण अस्पतालमा भर्ना भएका थिए ।  

१८ चैतमा पनि पेटमा समस्या देखिएपछि पौडेललाई शिक्षण अस्पतालमा उपचार गरिएको थियो ।

प्रकाशित मिति: ०८:५७ बजे, बुधबार, वैशाख ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्