Kathmandu Press

खर्च विवरण नबुझाउने उम्मेदवारलाई ७ दिनभित्र स्पष्टीकरण दिन आयोगको निर्देशन

चार महिनासम्म पनि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको खर्च विवरण पेस नगरेपछि आयोगले उम्मेदवारहरूलाई सात दिनभित्र सफाइसहितको स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो ।
खर्च विवरण नबुझाउने उम्मेदवारलाई ७ दिनभित्र स्पष्टीकरण दिन आयोगको निर्देशन

काठमाडौं, वैशाख ६ : गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारले खर्च बिवरण नबुझाएपछि निर्वाचन आयोगले ताकेता गरेको छ ।  

चार महिनासम्म पनि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको खर्च विवरण पेस नगरेपछि आयोगले उम्मेदवारहरूलाई सात दिनभित्र सफाइसहितको स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो ।

आज एक सूचना प्रकाशित गर्दै निर्वाचन आयोगले उम्मेदवार र संलग्न पार्टीको नाम नै उल्लेख गरेर समयसिमासहित निर्देशन दिएको हो । प्रतिनिधिसभाका ३७ र प्रदेश सभाका ३७ गरी  ७४ जना उम्मेदवारले खर्च विवरण नबुझाएको सूचनामा उल्लेख छ ।

निर्वाचन सम्पन्न भएको ३५ दिन भित्र बुझाउनुपर्ने खर्च विवरण के कारणाले नबुझाएको हो ? र कारबाही  किन गर्न नहुने हो ? भन्दै आयोगले सोधेको स्पष्टीकरणमा उल्लेख छ ।

प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारले खर्च विवरण पेस नगर्नुको चित्तबुझ्दो कारण पेस गर्न नसकेमा कारबाही प्रक्रियासमेत अघि बढाइने आयोगले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: ०८:३३ बजे, बुधबार, वैशाख ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्