प्रधानमन्त्री सहित सत्ता गठबन्धननका शीर्ष नेताहरू आज तनहुँ जाँदै
आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेताहरू आज तनहुँ जान लागेको नेपाली कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेले जानकारी दिए ।
काठमाडौं, बैशाख ६ : सत्तारूढ गठबन्धनका नेताहरू आज तनहुँ जाँदैछन् । तनहुँ– १ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न गठबन्धनका शीर्ष नेता तनहुँ जान लागेका हुन् ।
आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेताहरू आज तनहुँ जान लागेको नेपाली कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेले जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तनहुँको डुम्रेबजारमा आज दिउँसो २ बजे हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: ०८:११ बजे, बुधबार, वैशाख ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)