Kathmandu Press

सप्तरीमा बस दुर्घटन, झापाका एकै ठाउँका २१ घाइते

शम्भुनाथ नगरपालिका–८ मिलन चौकस्थित पूर्व–पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख १४७९ नम्बरको रिजर्भ बस अनियन्त्रित भई पल्टिँदा बसमा सवार २१ यात्रु घाइते भएका हुन्।
सप्तरीमा बस दुर्घटन, झापाका एकै ठाउँका २१ घाइते

सप्तरी, वैशाख ५ : सप्तरीको शम्भुनाथमा मंगलबार भएको बस दुर्घटनामा एकै ठाउँका २१ जना घाइते भएका छन्।

शम्भुनाथ नगरपालिका–८ मिलन चौकस्थित पूर्व–पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख १४७९ नम्बरको रिजर्भ बस अनियन्त्रित भई पल्टिँदा बसमा सवार २१ यात्रु घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बस चालक झापा बिर्तामोड नगरपालिका–१ का ४३ वर्षीय टङ्क अधिकारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिए।

बस दुर्घटनामा झापाको बुद्धशान्ति गाउँपालिका–२ बुधबारेका ५० वर्षीय डम्बरकुमारी गौतम, सोही ठाउँकी ६९ वर्षीया जगदेवी अठानी, ६५ वर्षीया देवमाया मगराती, ४५ वर्षीया नरमाया मगराती, ३९ वर्षीया अमृता बजगार्इं, ५० वर्षीया मीना ढकाल, ५३ वर्षीया कमला सुवेल, ५० वर्षीया हिमा लम्जेल, ६० वर्षीया कमला लम्जेल र ६१ वर्षीया बालकुमारी मगर घाइते भएका छन्।

उनीरूको सप्तरीको कल्याणपुरस्थित युनिभर्सल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यसैगरी बुद्धशान्ति–२ कै ५१ वर्षीय बालकिसन मिजार, ४८ वर्षीय बुद्धिमान लिम्बु, ४८ वर्षीय केदार पौडल, ५८ वर्षीया सरिता बोहरा, ४० वर्षीय टीका बोहरा, ३८ वर्षीया गीता मिजार, ३० वर्षीय बिना आचार्य, १४ वर्षीया अस्मिता गुरागाईं र ४७ वर्षीय उमा श्रेष्ठ घाइते भएका छन्।

यस्तै, गौरादह नगरपालिका–४ का ४६ वर्षीय धर्मेन्द्रकुमार श्रेष्ठ र ४० वर्षीया सुष्मा प्रधानसमेत रहनुभएको छ । उनीहरूको उपचार भने कल्याणपुरस्थित एडभान्स अस्पतालमा भइरहेको छ।

प्रकाशित मिति: २०:१५ बजे, मंगलबार, वैशाख ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्