Kathmandu Press

कर्णालीमा कांग्रेसबाट खड्क, बेदराज र कृष्ण मन्त्री बन्ने

पोखरेल सामाजिक विकासमन्त्री, सिंहलाई आर्थिक मामिला तथा योजना मन्त्री र बीसीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री हुनेछन् ।
कर्णालीमा कांग्रेसबाट खड्क, बेदराज र कृष्ण मन्त्री बन्ने

सुर्खेत, वैशाख ५ : नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ। कांग्रेसले तीन जना मन्त्रीको नाम मुख्यमन्त्री राजकुमार शर्मालाई मंगलबार बुझाएको छ।

कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा सुर्खेत १ (१)बाट निर्वाचित खड्कबहादुर पोखरेल, जाजरकोट (२)बाट निर्वाचित बेदराज सिंह र दैलेख १ (१)बाट निर्वाचित कृष्णकुमार बिसी मन्त्री बन्ने छन्।

पोखरेल सामाजिक विकासमन्त्री, सिंहलाई आर्थिक मामिला तथा योजना मन्त्री र बीसीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री हुनेछन् ।

कांग्रेस र माओवादी केन्द्रबोचको सहमतिअनुसार सरकारको नेतृत्व आधा–आधा कार्यकाल गर्ने, २०७८ वैशाखमा भएको सहमतिअनुसार मन्त्रालयको संख्या मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आठ कायम गर्ने सहमति भएको थियो।

प्रकाशित मिति: २०:२२ बजे, मंगलबार, वैशाख ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्