Kathmandu Press

खुल्यो जग्गाको कित्ताकाट

भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय भएसँगै जग्गा कित्ताकाट खुलेको हो । नियमावली नबनेको कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएको थियो ।
खुल्यो जग्गाको कित्ताकाट

काठमाडौं, वैशाख ५ : जग्गाको कित्ताकाट खुला भएको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले जग्गाको कित्ताकाट खोलेको हो।

मन्त्रिपरिषद् बैठकले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।

भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय भएसँगै जग्गा कित्ताकाट खुलेको हो । नियमावली नबनेको कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएको थियो । त्यसलाई सहज बनाउने सरकारले कित्ताकाट खोलेको हो।

 

प्रकाशित मिति: १९:५४ बजे, मंगलबार, वैशाख ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्