Kathmandu Press

विकासमा तिर्खाएको तनहुँवासीको तिर्खा मेटाउने योजना छ : गोविन्द भट्टराई

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले तनहुँ क्षेत्र नम्बर १ का लागि गोविन्द भट्टराई उपयुक्त उम्मेदवार भएको बताए।
विकासमा तिर्खाएको तनहुँवासीको तिर्खा मेटाउने योजना छ : गोविन्द भट्टराई

दमाैली, वैशाख ५ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गोविन्द भट्टराईले विकासमा तिर्खाएको तनहुँवासीको तिर्खा मेटाउने योजना रहेको बताए। 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी व्यास नगर समितिले आज दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै  उनले गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटोलगायतको विकासको सपना पूरा गर्ने योजनासहित उम्मेदवार बनेको उनले बताए। पाँच वर्षभित्र यस क्षेत्रमा आम्दानीका अवसरलाई दोब्बर बढाउने योजना रहेको उनको भनाइ थियो।  

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले तनहुँ क्षेत्र नम्बर १ का लागि गोविन्द भट्टराई उपयुक्त उम्मेदवार भएको बताए। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान गठबन्धनको सरकार पाँच वर्ष चल्ने र आर्थिक विकासका आधार तयार गरिने बताए। उनले गठबन्धनलाई स्थिरताको खुड्किलाका रूपमा अगाडि बढाइने उल्लेख गरे।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले वर्तमान गठबन्धनले नै देशको विकास गर्ने भएकाले गठबन्धनका पक्षमा मतदान गर्न आग्रह गरे।  नेपाली कांगे्रसका केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले अहिले देशमा चुनौती रहे पनि सबै चुनौती गठबन्धनबाट समाधान गरिने उल्लेख गरे।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठले सङ्घीयताको स्थायित्व र लोकतन्त्रको संरक्षणका लागि गठबन्धन गरिएको भन्दै गठबन्धनको जित अपरिहार्य रहेको बताए। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबहादुर चुमानले उपनिर्वाचनमा गलत प्रवृत्ति र तत्व हाबी भएकाले त्यसतर्फ सचेत हुनुपर्ने बताए।

प्रकाशित मिति: १८:३९ बजे, मंगलबार, वैशाख ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्