परिवर्तनको रक्षाका लागि वर्तमान गठबन्धनले जित्नुपर्छ : देव गुरूङ
'नेपालमा अहिले वैचारिक र राजनीतिकरूपले दुई धार देखिएको छ, मुलुकको अगाडि देखिएका चुनौतीको समाधानका लागि वर्तमान गठबन्धनको विजय आवश्यक पर्दछु,' उनले भने, 'लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि गठबन्धनको विजय अपरिहार्य छ।'
दमाैली, वैशाख ५ : नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले परिवर्तनको रक्षाका लागि वर्तमान गठबन्धनले जित्नुपर्ने बताए।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी व्यास नगर समितिले आज दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेपालमा भएका हरेक किसिमका परिवर्तनको रक्षाका लागि वर्तमान गठबन्धनको विजय आवश्यक रहेको बताएका हुन्।
'नेपालमा अहिले वैचारिक र राजनीतिकरूपले दुई धार देखिएको छ, मुलुकको अगाडि देखिएका चुनौतीको समाधानका लागि वर्तमान गठबन्धनको विजय आवश्यक पर्दछु,' उनले भने, 'लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि गठबन्धनको विजय अपरिहार्य छ।'
वर्तमान व्यवस्थालाई विस्थापित गर्ने प्रयत्न भएको बताउँदै महासचिव गुरुङले अहिलेको उपनिर्वाचनको मात्र प्रश्न नभएको उल्लेख गरे। 'यो चुनावको कुरा मात्र होइन, नेपालमा देखिएका चुनौतीको समाधान गर्ने कुरा पनि होु, गुरुङले भने, 'प्रतिगामी दिशातर्फ अगाडि लैजान खोज्ने प्रवृत्तिलाई उपनिर्वाचनमा पराजित गर्नुपर्छ।'
महासचिव गुरुङले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि पनि गठबन्धन आवश्यक परेको बताउँदै अस्थिरता सिर्जना गरेर राष्ट्रिय स्वाधीनता कमजोर बनाउने प्रयास भइरहेकाले सचेत हुन आग्रह गरे।
कुशासन र भ्रष्टाचार विकासमा बाधक भएकाले भ्रष्टाचारलाई शून्यमा झारेर सुशासन दिनुको विकल्प नभएको उनको भनाइ थियो। ुयसका लागि पनि गठबन्धनले जित्नु आवश्यक छ, वर्तमान सरकार भ्रष्टाचारलाई शून्यमा पुर्याएर सुशासन कायम गर्न प्रतिबद्ध छु, गुरुङले भने।
महासचिव गुरुङले समाजवाद उन्मुख अर्थतन्त्रको विकास गरिने उल्लेख गर्दै आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने सरकारको लक्ष्य रहेको बताए। 'दलाल पूँजीवादका कारण अर्थतन्त्रमा समस्या आएको छ, युवाशक्ति वैदेशिक रोजगारमा जाने समस्या व्यापक छ, यसको समाधानका लागि पनि गठबन्धन आवश्यक छु,' गुरुङले भने।

-1784896419.png)









