Kathmandu Press

रक्षामन्त्री खड्कामाथि थपियो कानुन मन्त्रालयको जिम्मेवारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा खड्कालाई कानुन मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्ने गरी तोकेका हुन्
रक्षामन्त्री खड्कामाथि थपियो कानुन मन्त्रालयको जिम्मेवारी

काठमाडौं, वैशाख ५ : राष्ट्रपति रामचन्द्र पौडेलले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्कालाई तोकेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा खड्कालाई कानुन मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्ने गरी तोकेका हुन् । 

राष्ट्रपति कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै खड्कालाई उक्त जिम्मेवारी तोकिएको जनाएको छ । यसअघि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्दै आएका थिए ।

प्रकाशित मिति: १८:१२ बजे, मंगलबार, वैशाख ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्