Kathmandu Press

प्रधानमन्त्रीसँग राष्ट्रसङ्घीय प्रतिनिधिमण्डलको भेट

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा उनीहरुबीच नेपाल र एस्क्यापबीच साझेदारीका विभिन्न विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 
प्रधानमन्त्रीसँग राष्ट्रसङ्घीय प्रतिनिधिमण्डलको भेट

काठमाडाैं, वैशाख  ५ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव एवं एसिया तथा प्यासिफक आर्थिक तथा सामाजिक आयोग (एस्क्याप) कार्यकारी सचिव अर्मिदा सलसिह अलिसझावनाले आज शिष्टाचार भेट गरेका छन्। 

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा उनीहरुबीच नेपाल र एस्क्यापबीच साझेदारीका विभिन्न विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

त्यस्तै उहाँहरुबीच अतिकम विकसित राष्ट्रको सूचीबाट  नेपाल सन् २०२६ मा विकासिल राष्ट्रको सूचीमा स्तरोन्नति हुने प्रक्रियामा रहेको सन्दर्भमा पनि छलफल भएको थियो। 

प्रकाशित मिति: १८:०६ बजे, मंगलबार, वैशाख ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्