Kathmandu Press

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना 

आज बिहान अक्सिजनको मात्र कम भएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो । 
राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना 

काठमाडौं, वैशाख ५ : राष्ट्रपति रामचन्द्र पौडेलको अक्सिजनको मात्रा कम भएपछि अस्पताल भर्ना गरिएको छ । सचिवालय स्रोतका अनुसार आज बिहान अक्सिजनको मात्र कम भएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो । 

स्वास्थ्यमा अवस्था जटिल भएपछि उपचारका लागि बाहिर लैजाने कुरा भए पनि राष्ट्रपति पौडेलले नमानिरहेको स्रोतले बताएको छ ।

राष्ट्रपति पौडेललाई ग्यास्ट्रिकको समस्या देखिएपछि पाँच दिन अघिमात्र शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। हिजो ९आइतबार० पनि फलोअपका लागि राष्ट्रपति पौडेल बिहान अस्पताल पुगेका थिए । 

प्रकाशित मिति: १८:०२ बजे, मंगलबार, वैशाख ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्