
मिटरब्याजपीडितमाथि भएको बल प्रयोगबारे छानबिन गर्न समितिश्रेष्ठले सोमबारकाे घटनाप्रति दुःख व्यक्त गर्दै त्यसबारे छानबिन गर्न काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ५ सदस्यीय समिति बनाइएको जानकारी दिए।
वैशाख, काठमाडौं ५ : मिटरब्याजपीडितहरुमाथि सोमबार शान्तिवाटिकामा भएको प्रहरीको बल प्रयोगबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ।
मंगलबार गृह मन्त्रालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबारकाे घटनाप्रति दुःख व्यक्त गर्दै त्यसबारे छानबिन गर्न काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ५ सदस्यीय समिति बनाइएको जानकारी दिए।
मिटरब्याज पीडितहरु बसेको स्थानमा बाँसको भाटा तथा इँटा जम्मा भएको देखेपछि प्रहरीले सतर्कता अपनाएर गेट लगाउँदा भित्रबाट इँटा बर्सिएपछि त्यस किसिमको घटना हुन गएको श्रेष्ठले जानकारी दिए। झडपमा घाइते भएका प्रहरी र घाइते मिटरब्याजपीडितहरुलाई आफूले भेटेको उनले बताए।
आइन्दा यस्तो घटना दोहोरिन नदिन प्रहरी प्रशासनले संयमता अपनाउनु आवश्यक रहेको उनको भनाइ थियो।
प्रकाशित मिति: १७:२१ बजे, मंगलबार, वैशाख ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)




