Kathmandu Press

विवादमा प्रहरी महानिरीक्षक कुँवर, डीआईजी बढुवा सिफारिसविरुद्ध उजुरी

नेपाल प्रहरीका १३ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गर्ने निर्णयविरुद्ध उजुरी परेसँगै आईजीपी कुँवर विवादमा तानिएको हो
विवादमा प्रहरी महानिरीक्षक कुँवर, डीआईजी बढुवा सिफारिसविरुद्ध उजुरी

काठमाडौं, वैशाख ५ : डिआइजी बढुवाले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर विवादमा तानिएका छन् । बढुवामा छुटेका एसएसपीले सामाजिक सञ्जालमै प्रश्न उठाएपछि बढुवा विवादमा परेको हो । नेपाल प्रहरीका १३ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गर्ने निर्णयविरुद्ध उजुरी परेसँगै आईजीपी कुँवर विवादमा तानिएको हो । 

बढुवाका लागि दाबेदार रहेका दुई एसएसपीले आफूहरुको नाम नसमेटिएको भन्दै एसएसपीद्वय अनुरागकुमार द्विवेदी र चक्रबहादुर सिंहले लोकसेवा आयोगमा मंगलबार उजुरी दिएका हुन् । 

बढुवा समितिको चैत २९ गते बसेको  बैठकको सिफारिस अनुसार गृह मन्त्रालयले  सूची प्रकाशित गरेको थियो । प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ९४० अनुसार मन्त्रालयले बढुवा सिफारिस सूची प्रकाशित गरेको थियो । 

बढुवाका लागि सिफारिस भएका एसएसपीहरुमा कुवेर कडायत, केदार ढकाल, विष्णु बहादुर केसी, भरत बहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य रहेका छन् । 

यस्तै सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञ विनोद पोखरेल र विकास राज खनालको नाम पनि सिफारिस भएको थियो  । सिफारिस सूचीमा कडायतको नाम पहिलो नम्बरमा रहँदा दाबेदार मानिएका द्विवेदी र सिंहको नाम भने समेटिएको थिएन ।

प्रकाशित मिति: १६:३४ बजे, मंगलबार, वैशाख ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्