Kathmandu Press

‘के घर के डेरा’मा दयाहाङ र विपिन

काठमाडौं, माघ १२ : सामाजिक विषयमा बन्न लागेको चलचित्र  ‘के घर के डेरा’मा दयाहाङ राई, विपिन कार्की र रविन्द्र झा देखिने भएका छन्।

....
‘के घर के डेरा’मा दयाहाङ र विपिन

काठमाडौं, माघ १२ : सामाजिक विषयमा बन्न लागेको चलचित्र  ‘के घर के डेरा’मा दयाहाङ राई, विपिन कार्की र रविन्द्र झा देखिने भएका छन्।

सिंगे लामाले ३५ वर्ष अघि बनेको चलचित्रको नाम सापटी लिँदै चलचित्र ‘के घर के डेरा’ निर्माण गर्न लागेका हुन्। चलचित्रलाई सुव्रतराज आचार्यले निर्देशन गर्नेछन्।

चलचित्रको छायाङ्कन चैतबाट सुरू हुनेछ। चलचित्रका लागि दयाहाङले साइनगरिसकेका छन् भने विपिनले पनि मौखिकरूपमा सहमति जनाइसकेका छन्। शरद श्रेष्ठ र किरण महर्जन चलचित्रका निर्माता रहेका छन्।

काठमाडौंमै छायाङ्कन हुने यस चित्रका लागि नायिका भने तय भएको छैन। निर्माण पक्षले केही नायिकासँग कुराकानी भएको जनाएका छन्।

नायक विपिन कार्की र दयाहाङ राईले चलचित्र लुट, लुट–२ र जात्रै जात्रामा सहकार्य गरेका थिए।

 

प्रकाशित मिति: १३:५६ बजे, आइतबार, माघ १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्