Kathmandu Press

‘मिटरब्याजविरुद्धको आन्दोलनलाई उत्तेजित बनाउने काम भयाे’

सोमबार प्रहरीसंग झडप भएपछि मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मिटरब्याज तथा ठगी विरुद्ध किसान–मजदुर संघर्ष समितिले प्रहरी स्वयंले योजनाबद्ध रुपमा आन्दोलनलाई भड्काउने, उत्तेजित बनाउने र दमन गर्ने नीति अख्तियार गरेको आरोप लगाएको हो।
‘मिटरब्याजविरुद्धको आन्दोलनलाई उत्तेजित बनाउने काम भयाे’
फाइल तस्बिर।

काठमाडौं, वैशाख ५ : मिटरब्याजी पीडितहरुले योजनाबद्ध रुपमा मिटरब्याजविरुद्धको आन्दोलनलाई भड्काउने र उत्तेजित बनाउने काम भएको आरोप लगाएका छन्।

सोमबार प्रहरीसँग झडप भएपछि मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मिटरब्याज तथा ठगी विरुद्ध किसान–मजदुर संघर्ष समितिले प्रहरी स्वयंले योजनाबद्ध रुपमा आन्दोलनलाई भड्काउने, उत्तेजित बनाउने र दमन गर्ने नीति अख्तियार गरेको आरोप लगाएको हो।

उनीहरुले आफुहरुको शान्तिपूर्ण आन्दोलनस्थलभित्र छिरेर प्रहरीले ज्येष्ठ नागरिक, असक्त तथा विरामीमाथि अन्धाधुन्ध कुटपीट गरेको गुनासो गरेका छन्। यसअघि सोमबार मार्चपास गर्न खोज्दा मिटरब्याजी पीडितलाई प्रहरीले शान्तिबाटीकाको गेटबाट बाहिर निस्कन नदिएपछि झडप भएको थियो।

झडपका क्रममा ५० भन्दा बढि पीडित घाइते भएको उनीहरुले जनाएका छन्। संघर्ष समितिका प्रवक्ता निर्ग नविनले प्रशासनसंग समन्वय गरेर मार्चपास गर्न खोज्दा पनि प्रहरीले हस्तक्षेप गरेको बताए।

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारसमक्ष बिभिन्न ६ बुँदे माग राख्दै आएको छ।

चक्रवृति तथा मिटर ब्याजीलाई कारवाही गर्नुपर्ने, जाली तमसुक तथा पीडितको जमिन फिर्ता गर्नुपर्ने लगाएतमा माग राख्दै पीडितहरुले आन्दोलन गरिरहेका छन्। 

प्रकाशित मिति: १४:५९ बजे, मंगलबार, वैशाख ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्