सुरक्षा निकायलाई शक्ति केन्द्र र राजनीतिक दबाबबाट मुक्त राख्नेछु : गृहमन्त्री
गृह मन्त्रालयमा आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा उनले अगाडि भने, ‘सुरक्षा निकायलाई विभिन्न शक्ति केन्द्रबाट हुन सक्ने अवाञ्छित चलखेलबाट मुक्त राखिन्छ।’
काठमाडौं, वैशाख ५ : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई विभिन्न शक्ति केन्द्र र राजनीतिक दबाबबाट मुक्त गर्ने बताएका छन्।
गृह मन्त्रालयमा आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा उनले अगाडि भने, ‘सुरक्षा निकायलाई विभिन्न शक्ति केन्द्रबाट हुन सक्ने अवाञ्छित चलखेलबाट मुक्त राखिन्छ।’
उनले सुरक्षा निकायमा निष्पक्षता कायम गर्ने पनि स्पष्ट पारे। ‘सुरक्षा निकायमा काम गर्ने साथीहरुको मनोबल गिर्नुहुँदैन’ उनभने, ‘त्यसकारण सिस्टम स्थापित गर्ने र निष्पक्षताका आधारमा पदस्थापन, बढुवा र सरुवा गरिन्छ।’
उनले गृह प्रशासनमा बिचौलियाको भूमिकालाई शून्यमा झार्ने उद्घोषसमेत गरे। उनले गृह प्रशासन र प्रहरीमा ठुलाबडा, सम्पन्न, धनीमानी, पहुँचवालाको कुरा सुन्ने, उनीहरुले भेटघाट गर्न पाउने तर सर्वसाधारणले भेटघाट गर्न नै नपाउने अवस्थालार्य बदल्नुपर्नेमा जोड दिए।
प्रहरीले अब शक्ति केन्द्रमा धाउन नसक्ने जनतालाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।

-1784896419.png)









