‘बाटोलाई आधार बनाएर जग्गाको मूल्यांकन गर्ने नीति पुनरावलोकन गर्नुपर्छ’
देशमा दर्जनौं सुकुम्बासी आयोग बने पनि सुकुम्बासीको समस्या समाधान हुन नसकेको भन्दै उनले चिन्ता व्यक्त गरे।
काठमाडौं, वैशाख ५ : सांसद चित्रबहादुर केसीले बाटोलाई आधार बनाएर जग्गाको मूल्यांकन गर्ने नीति पुनरावलोकन गर्नुपर्नेमा जोड दिएक छन्।
राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका केसीले मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै बाटोलाई आधार बनाएर जग्गाको मूल्यांकन गर्दा जनताले राजस्व तिर्न नसक्ने अवस्था आएको बताए।
‘भूउपयोग नीति, भूमि ऐन र वर्तमान गठन आदेशले खेतीयोग्य जमिनलाई, बाटोलाई आधार बनाएर जग्गाको मूल्यांकन गरिँदा जनता राजस्व तिर्न नसक्ने अवस्थामा पुगेका छन्,’ उनले भने, ‘यसको सरकारबाट पुनरावलोकन गरिनुपर्छ।’ उनले सुकुम्बासी र अव्यवस्थित बसोवासीका लागि १० वर्षसम्म जग्गा बिक्री गर्न नपाउने प्रावधान पनि हटाउनुपर्ने बताए।
देशमा दर्जनौं सुकुम्बासी आयोग बने पनि सुकुम्बासीको समस्या समाधान हुन नसकेको भन्दै उनले चिन्ता व्यक्त गरे।
‘दर्जनौँ सुकुम्वासी आयोग बने, त्यो आयोग मात्रै बने मुलुकको सुकुम्वासीले हेरेका हेर्यै भए। अहिले पनि जुन आयोगहरु बनेका छन्, सडकका बाटोका आधारमा भएका जग्गाको बाटोका आधारमा मूल्यांकन हुने रे! बाटोलाई आधार बनाएर जग्गाको मूल्यांकन गर्दाखेरि ती सुकुम्वासीले जग्गाको पैसा तिर्न सक्छन्?’ उनले भने।

-1784896419.png)









