भाजपाका विदेश विभाग प्रमुख र गृहमन्त्री श्रेष्ठबीच भेटवार्ता

काठमाडौं, बैशाख ५ : भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेले मंगलबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन्।
प्रमुख चौथाइवालेले आज उपप्रधानमन्त्री श्रेष्ठलाई भेटेका हुन्।
उपप्रधानमन्त्री श्रेष्ठसँगको भेटमा दुई देश बीचको सम्बन्ध तथा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको विषयमा छलफल भएको बताइएको छ।
धनगढीको एक कार्यक्रममा सहभागी हुन स्थलमार्ग हुँदै नेपाल आएका प्रमुख चौथाइवाले वैशाख ३ गते धनगढीको कार्यक्रम सकाएर काठमाडौं आएका थिए।
प्रकाशित मिति: १४:१४ बजे, मंगलबार, वैशाख ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)









