Kathmandu Press

संगठन सुदृढीकरण अभियान दुई महिना थप्ने नेकपा एसकाे निर्णय

सचिवालयको निर्णयअनुसार पार्टी संगठनले त्यसै अनुसार कार्ययोजना निर्माण गरी अघि बढ्ने उनले बताए।
संगठन सुदृढीकरण अभियान दुई महिना थप्ने नेकपा एसकाे निर्णय

काठमाडौं, वैशाख ५ : नेकपा एकीकृत समाजवादीले संगठन सुदृढीकरण विशेष अभियान दुई महिना थप गर्ने निर्णय गरेको छ।

पार्टी कार्यालय तीनकुनेमा मंगलबार बसेको सचिवालय बैठकले संगठन सुदृढिकरण विशेष अभियानको म्याद आगामी जेठ मसान्तसम्म रहने गरी २ महिनालाई थप गरिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

सचिवालयको निर्णयअनुसार पार्टी संगठनले त्यसै अनुसार कार्ययोजना निर्माण गरी अघि बढ्ने उनले बताए।

बैठकमा वैशाख ९ र १०  गते मनाउने नेपाल कम्युनिस्ट पार्टीको ७४ औं  स्थापना दिवसको तयारीका बिषयमा छलफल भएको थियो। 

प्रकाशित मिति: १३:२८ बजे, मंगलबार, वैशाख ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्