Kathmandu Press

प्रदर्शनमा उत्रिएका दर्जनौ द्वन्द्वपीडित नयाँबानेश्वरबाट पक्राउ

मंगलरबार काठमाडौंको नयाँबानेश्वरमा प्रदर्शनमा उत्रिएका करिब एक दर्जन द्वन्द्वपीडितहरुलाई प्रहरीले एभरेष्ट हाेटल अगाडिबाट नियन्त्रणमा लिएको हो।
प्रदर्शनमा उत्रिएका दर्जनौ द्वन्द्वपीडित नयाँबानेश्वरबाट पक्राउ

काठमाडौं, वैशाख ५ : संक्रमणकालीन न्याय सम्बन्धी प्रस्तावित विधेयकले पीडितलाई न्याय र परिपुरण तथा सत्यको सही अन्वेषण नहुने भन्दै प्रदर्शनमा उत्रिएका द्वन्द्वपीडितहरु पक्राउ परेका छन्। 

मंगलरबार काठमाडौंको नयाँबानेश्वरमा प्रदर्शनमा उत्रिएका करिब एक दर्जन द्वन्द्वपीडितहरुलाई प्रहरीले एभरेष्ट हाेटल अगाडिबाट नियन्त्रणमा लिएको हो।

संक्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग सम्बन्धी विधेयक संसदमा दर्ता भएका छन्।

विधेयकमा पीडकलाई उन्मुक्ति दिने व्यवस्थासमेत राखिएको भन्दै त्यसलाई संशोधन गर्न पीडितहरुले माग गर्दै आएका छन्।

प्रकाशित मिति: १२:३८ बजे, मंगलबार, वैशाख ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्