राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित
सूचनामा बैठक विशेष कारणबस बस्न नसक्ने भएकाले राष्ट्रिय सभाको नियमावली अनुसार नै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ।
काठमाडौं, वैशाख ५ : मंगलबार दिउँसो २ः३१ बजेका लागि तय भएको राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक स्थगित गरिएको हो । बैठक अर्को सूचनाबाट तोकिने दिन र समयमा बस्नेगरी अध्यक्षले निर्धारण गर्ने जनाइएको छ।
सूचनामा बैठक विशेष कारणबस बस्न नसक्ने भएकाले राष्ट्रिय सभाको नियमावली अनुसार नै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ।
‘सभाको बैठक अर्को सूचनाबाट तोकिने दिन र समयमा बस्ने गरी सम्माननीय अध्यक्षज्युले निर्धारण गर्नुहुने व्यहोरा माननीय सदस्यहरुका लागि यो सूचना प्रकाशन गरिएको छ,’ जारी सूचनामा भनिएको छ।

प्रकाशित मिति: ११:५२ बजे, मंगलबार, वैशाख ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)