बालेनविरुद्धको मुद्दा कामु प्रधानन्यायाधीश कार्कीको एकल इजलासमा
सिंहदरबार, बालुवाटार, शीतल निवासलगायत प्रमुख प्रशासनिक केन्द्रको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध दायर रिटको सुनुवाइका लागि इजलास तोकिएको छ।
काठमाडौं, बैशाख ५ : काठमाडौं महानगरपालिका मेयर बालेन शाहविरुद्धको रिटमा आज सुनुवाइ हुनेछ।
सिंहदरबार, बालुवाटार, शीतल निवासलगायत प्रमुख प्रशासनिक केन्द्रको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध दायर रिटको सुनुवाइका लागि इजलास तोकिएको छ।
मुद्दाको सुनुवाइ कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा हुने भएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र काठमाडौं महानगरपालिकाका मेयर बालेनलाई विपक्षी बनाएर अधिवक्ता पदम श्रेष्ठले सोमबार रिट दायर गरेका थिए।
आफ्नो क्षेत्रभित्र फोहोर संकलन गर्ने दायित्व काठमाडौं महानगरपालिकाको भएकाले कानूनविपरीत फोहोर नउठाएकाले तत्काल संकलन गरी ल्याण्डफिल्ड साइडमा लैजान र नियमित फोहोर संकलन र विसर्जन गर्न रिटमा आदेश माग गरिएको छ।
प्रकाशित मिति: ११:२८ बजे, मंगलबार, वैशाख ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)