एसीसी प्रिमियर कप आजदेखि, नेपालले पहिलो खेल मलेसियासँग खेल्दै
एसीसी प्रिमियर कपका खेलहरु त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा हुनेछन्। दुवै मैदानमा आज बिहान ९ः३० बजेदेखि खेलहरु सुरु हुँदैछन्।
काठमाडौं, बैशाख ५ : एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कप पुरुष क्रिकेट आज (मंगलबार) देखि सुरु हुँदै छ। काठमाडौंमा हुने प्रतियोगिताअन्तर्गत आज पहिलो खेलमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दै छ।
एसीसी प्रिमियर कपका खेलहरु त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा हुनेछन्। दुवै मैदानमा आज बिहान ९ः३० बजेदेखि खेलहरु सुरु हुँदैछन्।
त्रिवि क्रिकेट मैदानमा नेपाल र मेलिसियाबीच प्रतिस्पर्धा हुँदैछ। यस्तै मुलपानी क्रिकेट मैदानमा हङकङ र सिंगापुर खेल्दैछन्।
१ महिना अगाडि (चैत २ गते) यूएईलाई हराएर विश्वकप लिग २ को यात्रा निश्चित गरेको नेपाल पहिलोपटक एसिया कपमा खेल्ने लक्ष्यमा छ।
एसियाका टेस्ट खेल्ने बाहेक १० देशका एसोसिएट टोलीले एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्नेछन्। १० टोलीलाई ‘ए’ र ‘बी’ गरी २ समूहमा विभाजन गरिएको छ।
समूह ‘ए’ मा नेपालसँगै, ओमान, मलेसिया, कतार र साउदी अरेबिया छन्। समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्।

-1784896419.png)









