Kathmandu Press

संवैधानिक परिषद्को बैठक शुक्रवार बस्ने, प्रधानन्यायाधीश सिफारिसबारे छलफल हुने

प्रधानन्यायाधीश नियुक्तिमा ढिलाइ भइरहँदा परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले बैठक आह्वान गरेका हुन् । यही वैशाख ८ गते शुक्रवार बिहान ९ बजेका लागि बोलाइएको बैठकमा प्रधानन्यायाधीश नियुक्तिका लागि छलफल हुनेछ ।
संवैधानिक परिषद्को बैठक शुक्रवार बस्ने, प्रधानन्यायाधीश सिफारिसबारे छलफल हुने

काठमाडौं, बैशाख ५ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रवारका लागि संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन् । 

प्रधानन्यायाधीश नियुक्तिमा ढिलाइ भइरहँदा परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले बैठक आह्वान गरेका हुन् । यही वैशाख ८ गते शुक्रवार बिहान ९ बजेका लागि बोलाइएको बैठकमा प्रधानन्यायाधीश नियुक्तिका लागि छलफल हुनेछ ।

संवैधानिक परिषदमा प्रधानमन्त्रीसहित, सभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक  सल्लाहकार हरिबोल गजुरेलले सत्ता साझेदार र प्रमुख प्रतिपक्षी दल एमालेका शीर्ष  नेताहरूबीच हिजो भएको बैठकमा प्रधानन्यायाधीश नियुक्त गर्ने विषयमा सहमति  जुटेपछि  प्रधानमन्त्रीले बैठक आह्वान गरेको जानकारी दिए ।

तत्कालीन  प्रधानन्यायाधीश  चोलेन्द्रशम्शेर जबरालाई महाभियोग लागेसँगै सर्वोच्च अदालत १५ महिनादेखि कायममुकायमको भरमा चल्दै आएको छ । अहिले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की हुन् । 

प्रकाशित मिति: ०७:५९ बजे, मंगलबार, वैशाख ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्